

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले नक्सालमा पाँचौ फ्ल्यागसिप सोरुम संचालनमा ल्याएको छ । शुक्रबार चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन वाड् जीन् ले एक कार्यक्रमका बिच उक्त सोरुम उद्घाटन गरेका हुन् ।
नेपालमा पाइने विद्युतीय सवारी साधन मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याइएको थियो । चीनमा उत्पादन भएर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया सहित एसियाका बजारमा आफ्नो बलियो साख सृजना गरेको छ ।
भक्तपुरको राधेराधेमा पहिलो विक्रि कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडी आफ्नो प्रिमियम एसयुभीको विक्रि वितरण शुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक वर्षमै राम्रो ब्राण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले एक सय भन्दा बढी एसयुभीहरु विक्रि गरिसकेको छ ।
जी मोटर्सका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार, “स्काई वेलले नेपाल भित्र्याएको सबैभन्दा बढी रेन्ज प्रदान गर्ने ईटी फाइभको सफलतापछि शुक्रवार सुलभ मूल्यमा बिई इलाभेन प्रीमियम एसयूभी सार्वजनिक गरेको छ । नेपाली बजारमा ७९ लाख ९० हजार मूल्य तोकिएको यो प्रीमियम एसयूभीको अग्रिम बुकिङमा ४ लाख छुट दिंदै ७५ लाख ९० हजारमा ग्राहकहरूलाई उपलब्ध गराइरहेको छ ।”
नेपाली बजारमा ७९ लाख ९० हजार मूल्य तोकिएको यो प्रीमियम एसयूभीको अग्रिम बुकिङमा ४ लाख छुट दिंदै ७५ लाख ९० हजारमा ग्राहकहरूलाई उपलब्ध गराइरहेको गेलालले बताए ।
शुक्रबार सार्वजनिक गरिएको बिई एसयूभीको ४५० किलोमीटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका प्रमुख दुर्गा प्रसाद गेलालको उपस्थिती रहेको थियो ।