

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेलको सरुवा गरिएको हो ।
यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको पनि सरुवा भएको छ ।