

आज मिती २०८१ साल चैत महिनाको ९ गते शनिबार तदनुसार मार्च महीनाको २२ तारीख सन् २०२५, चैत कृष्ण पक्षको अष्टमी तिथी एवं विश्व जल दिवस तथा शितलाष्टमी ब्रत, आज बिहान ६ बजेर ५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १५ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन प्रयत्न गर्दा कठिनता पूर्वक व्यावसायिक काम सम्पादन हुने भएपनि विगतका समस्या बल्झिन सक्ने समय छ । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्ने तथा सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्ने हुनाले सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुने योग रहेकोले अत्यन्त सचेतनाका साथ कर्म गर्नु उचित हुनेछ ।
बृष राशि: पराक्रम र आरोग्यता बढ्नुका साथै शत्रुहरू किनारा लाग्ने र प्रतिस्पर्धामा विजयी भइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्ने हुनाले ध्यान राख्नुहोला । संघर्षबाट अधिकार स्थापित गर्न सकिनुका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि: आजको दिन केही चुनौतीयुक्त रहनाले लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि पनि निकै मेहनत गर्नुपर्ने भएपनि समाजको हितमा राम्रै काम गर्न सकिएला । सामाजिक क्षेत्रमा कुनै महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग हुनाका साथै शत्रुमाथि विजय प्राप्त हुने समय छ ।
कर्कट राशि: शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय रहेकाले आजका दिन निकै सतर्क रहनुहोला । इर्ष्यालुजनले काममा बाधा सिर्जना गर्न सक्ने हुनाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै स्वास्थ्य भने सबल रहला ।
सिंह राशि: रोकिएका काम बन्नाले उत्साह जाग्नुका साथै आर्थिक पक्ष पनि सबल बन्नेछ भने प्रेमको बन्धन कसिने समय छ । आज दुर्घटनाको जोखिम रहेकाले सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनुपर्ला । आश्वासन दिनेहरूको भर नपर्नु हितकर रहनुका साथै अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ, ध्यान राख्नुहोला ।
कन्या राशि: आजको दिन तपाईका लागि दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउनुका साथै पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न चाहिँ केही समय पर्खंदा राम्रो हुने भएपनि आएको कामलाई निरन्तरता दिन सकिनेछ । कार्यगति र आयबल भने बृद्वी हुनेछ।
तुला राशी: सामर्थ्य वा कर्मबल वृद्धि भएपनि बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्ने हुनाले ध्यान राख्नुहोला । पुरानो सम्झौता भङ्ग हुने सम्भावना रहेपनि धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । यात्रागत काम गर्नुछ भने आज थाती राख्नु उचित हुनेछ ।
बृश्चिक राशि: केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहेपनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । आशा देखाउनेहरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने योग छ ।
धनु राशि: ब्यस्तता बढेपनि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय रहेपनि प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्ने योग छ ।
मकर राशि: आजको दिन तपाईको आम्दानी बढ्नेछ भने प्रेमको बन्धन कसिने भएपनि स्वास्थ्यस्थिति भने केही कमजोर रहेको अनुभूति हुन सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ, तर व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि: काम बिग्रने भयले सताएपनि प्रयत्न गरेका काम सफल हुनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित परिणाम भने अझै मिल्न नसकेको अनुभूति होला । न्यून उपलब्धिमा पनि चित्त बुझाउने प्रयत्न गर्नु हितकर हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय रहेकाले गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ ।
र, मिन राशि: आजको दिन गलत व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्ने हुनाले सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सरकारी कडिकडाउको सिकार भइने योग रहेकाले आफ्नो अधिकार सुरक्षा गर्न विशेष मेहनत लगाउनुपर्ला । शोख पूरा गर्नमा खर्च वृद्धि भएपनि आफन्तको साथ मिल्नेछ ।