चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक (सूचिसहित)-Sutra News

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको २७ विधामा मनोनयन सार्वजनिक (सूचिसहित)

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ ।



अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, टेली चलचित्र, मोडल, छायांकार, सम्पादक, निर्देशक, संगीत संयोजक जस्ता विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सूची सार्वजनिक भएसँगै यो अवार्ड थाइल्यान्डमा आयोजना गर्ने तयारी भव्य रूपमा भइरहेको अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।

अवार्डमा सहभागी हुने कलाकारहरूले काठमाडौँबाट थाइल्यान्ड पुगेर अवार्ड ग्रहण गर्ने पनि गुरुङले बताएका छन् । मनोनयनमा परेका विधाहरुको लागि खल्ती एप्समा भोटिङ समेत खुला गरिएको अध्यक्ष उमेशले जानकारी गराएका छन् । मनोनयनमा परेकाहरुलाई जिताउन खल्ती एप्समा गएर भोटिङमा सम्बन्धित विधा तथा ब्यक्तिलाई धेरै भन्दा धेरै भोटिङ गर्न पनि आयोजक पक्षको अनरोध छ । मनोनयनबाट चयन भएकाहरुबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।

सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । विगत झैँ यस पटक पनि यो अवार्डलाई प्रतिस्पर्धामूलक रूपमा आयोजना गरिने भएको छ । यो अवार्ड आगामी बैशाखमा आयोजना गरिने पनि आयोजक पक्षले जनाएको छ ।

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१को मनोनयनमा चयन भएका विधाहरु :

आधुनिक गीत गायक
१. धनकिरण गुरुङ्ग – मायाँको सिमाना
२. हेमन्त शिशिर – तिम्रो मायाँ बम गोला
३. ओम सुनार – मायाँले सजाउँला
४. आर्जन पाण्डे – तिमीलाई हेरि हेरि
५. डिका गुरुङ्ग – ओ माया

आधुनिक गीत गीतकार
१. कुमार मिश्र – यो दिलको पाईलट तिमी
२. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन
३. बिष्णु सुवेदी – बोली रहने मायाले
४. बिदूर राज गिरी – ब्याथा
५. पल घले – ओ माया

आधुनिक गीत संगीतकार
१. पल घले – ओ माया
२ राजेन्द्र बजगाई – बोलि रहने माया
३ बाबुल गिरि – ब्यथा

आधुनिक गीत महिला मोडल
१. रिना गुरुङ्ग – जुनेली
२. कला राई – सहारा
३. मेनुका क्षेत्री – मायाको सिमाना
४. पूर्णिमा मगर – सक्कली माया
५. स्वनिका बास्तोला – व्यथा

आधुनिक गीत मिक्सिङ
१. डिका गुरुङ – ओ माया
२. खड्क बाजुराली – दिएर हातैमा
३. मनोज परियार – सजाय काफी हुँदैन

गाउँ चिनारी गीत
१. ओ माया (मनाङ्ग गीत)
२. भुम्ली चोक गाउँ
३. कोल्की हाम्रो गाउँ

म्युजिक भिडियो निर्देशक
१. सुरेश पाण्डे – जवानीले पोल्यो
२. बिशाल बैरागी – पुगेन
३. तिलक शाही (चिट्टी) – जुना भुल्यौकी
४. मिलन श्रेष्ठ – नुवाकोेटे यो झिल्के
५. जोन राई – ओ माया

चलचित्र तथा टेली चलचित्र खण्ड (निर्देशक)
१. डब्बु क्षत्री – सिगरेट (नेपाली)
२. जनक गुरुङ्ग – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
३. दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र)

चलचित्र स्कृप्ट
१.दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र)
२. जनक गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
३. प्रितम गुरुङ – रिपा (गुरुङ्ग चलचित्र)

चलचित्र अभिनेता
१. बिरबल घले – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
२.रुद्र पाहिम – सेमेवा (लिम्बु चलचित्र)
३.आनन्द गुरुङ – रिपा (गुरुङ चलचित्र)
४. निराजन बम ठकुरी – सिगरेट (नेपाली चलचित्र)

चलचित्र अभिनेत्री
१. सिमा गुरुङ – रिपा (गुरुङ चलचित्र)
२. सन्तोषी गुरुङ – रिपा (गुरुङ चलचित्र)
३. सरिता भारती – सिगरेट (नेपाली चलचित्र)
४. आकृति गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
५. पविता थेवे लिम्बु – सेमेवा (लिम्बु चलचित्र)

चलचित्र चरित्र अभिनेता
१. तिर्थ मेदेम्बा लिम्बु – सुगुप (लिम्बु चलचित्र)
२. साजन सुब्बा – लोजिमा (लिम्बु चलचित्र)
३. तिर्थ मेदेम्वा लिम्बु – चे (लिम्बु चलचित्र)
४. किरण बुढा क्षेत्री – सिगरेट (नेपाली चलचित्र)
५. धिरज खड्का – सिगरेट (नेपाली चलचित्र)

चलचित्र/टेली चलचित्र चरित्र अभिनेत्री
१.रश्मी पाण्डे – सक्कीगोनी
२. एन्जिला नेम्वाङ्ग – सेमेवा (लिम्बु चलचित्र)
३. कविता आले – कबड्डी ४
४. भावना केसी – सिगरेट
५. झरना साउद – सिगरेट

लोक दोहोरी गीत गीतकार
१. ओम रोका मगर – मुटु फुट्ने बचन
२. ओम छिनाल – दमौलीमा झर है कान्छु
३. विवेक धिताल – सुन्दर बजार कटेसी कुन्छा

लोक दोहोरी गीत गायक
१. मौसम गुरुङ – दमौलीमा झर है कान्छु
२. दिपेन थापा – सुन होकी फलाम
३. सिद्धार्थ आले – जुगै जाने माया
४. कुशल विश्वकर्मा – मुटु फुट्ने बचन
५. सन्तोष पन्थी – जुना भुल्यौकी

लोक दोहोरी गीत गायिका
१. सम्झना भण्डारी – धुरु धुरु
२. जालुमाया गरुङ – लैजान्छु युके लन्डनमा
३. कालिका रोका – देउरालीमा फुलपाती धजा छ
४. पुजा परियार – पुरानो दौँतारी
५. रोजिना रोक मगर – आथु आथु पोल्यो

लोकदोहोरी गीत नव गायिका
१. इना बेलबासे – अभागी तक्दिर
२. बिमा सरु मगर – गण्डकीको तिर
३. बिमला सुनार – चट्टै मायालुलाई
४. मधु थापा – झिलिमिली जुनतारा

लोक दोहोरी गीत भिडियो महिला मोडल
१. शशीकला राई – नौलो चिनजानी
२. रिना गुरुङ – दमौलीमा झर है कान्छु
३. कमला बिसी – समय

लोक दोहोरी गीत म्युजिक भिडियो पुरुष मोडल
१. प्रज्वल गुरुङ – छोड्ने हौकी
२. तेज गिरी – लभ प¥या छ
३. प्रवण भुसाल – जिस्केर मस्केर
४. आनन्द गुरुङ – हङकङ सिंगापुरको
५. लोमश शर्मा – गोर्खे खुकुरी

कौडा तथा मौलिक गीत गायक
१. मनसुधन थापा – देउरालीमा फुलपाति धजा छ
२. पृथ्वी गुरुङ – फुलको बास्ना
३. तुलमान गुरुङ – दियर हातैमा फुलको थुंगा
४. मौसम गुरुङ – कान्छी…
५. शुक्र गुरुङ – सान कान्छी

संगीत संयोजन
१. सुनिल परियार – पुरानो दौतारी
२. राजेन्द्र बजगाई – यो दिलको पाइलट तिमी
३. सुरथ प्रधान – मायाको सिमाना
४. डिका गुरुङ – ओ माया

भाषाभाषी गीत म्युजिक भिडियो मोडल
१. नुमा गुरुङ ब्लोन – धोसिला जुनेरी (तामाङ्ग गीत)
२. कला राई – हासिराख ए सानु (कौडा गीत)
३. मिरा फियाक – मिम्जिरे मिक्तोक पालामा (लिम्बु गीत)

भाषाभाषी गीत (लिम्बु गीत) गीतकार
१. सुजन सेरेङ चोङवाङ – त्रिशाली मेला
२. सञ्च माया लिम्बु – मेन्छयायेम पालाम
३. आईत हाङ लिम्बु – आदाङ्बासे यालाख्से पेगिरो

भाषाभाषी गीत (लिम्बु गीत) गायक
१. बिवश नेम्वाङ – मिम्जिरे मिक्तोक पालाम
२. अमर योङहाङ लिम्बु – मिम्जिरे ताराङ २ पालामा
३. सञ्चमान लिम्बु – छुया माहा

भाषाभाषी (लिम्बु गीत) गायिका
१. कर्मिला शेर्मा – तुखेसो पान्हा पालाम
२. दुर्गा कुमारी लिम्बु – चौबेसमा मेन्छिन
३. पदम कुमारी फियाक – ताम्के हाक्पारे
४. गंगा लिम्बु – मांघा वासाङ
५. निरन्ता नेम्वाङ – मिम्जिरे मिक्टोक पालाम

भाषाभाषी (लिम्बु गीत) मोडल (पुरुष)
१. पूर्णबहादुर लिम्बु – मिम्जिरे मिक्तोम पालाम
२. महेन्द्र कुमार लिम्बु – मेन्छ्यायेम पालाम
३. सुरेन शिशिर केरुङ – नारागेन चैत

म्युजिक भिडियो चरित्र अभिनय
१. बिमला इवाराम – हङकङ चाईना ३
२. राजु शंकर – मायाको सिमाना
३. टसी गुरुङ – ओ माया

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट