नेपाली राष्ट्रिय फुटबल टोली मलेसियामा-Sutra News

नेपाली राष्ट्रिय फुटबल टोली मलेसियामा

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली शनिबार एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न मलेसिया पुगेको छ ।



मार्च २५ मा हुने मैत्रीपूर्ण छनोट खेल खेल्नका लागी नेपाली राष्ट्रिय फुटबल टोली शनिवार (आज) मलेसिया पुगेको हो । यस अघि नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा शुक्रबार सिंगापुरको नेसनल स्टेडियममा घरेलु टोली सिंगापुरलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले १९८२ देखि सिंगापुरसँग खेल्न थालेको भएपनि सिंगापुरविरूद्ध जित निकालेको भने यो पहिलो हो ।

नेपालले सिंगापुरसँग ३६ वर्षपछि फुटबल खेलेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट