औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल बन्यो श्री केश-Sutra News

औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल बन्यो श्री केश

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको कम्पनीले जनाएको छ।



सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि दिएको निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो।

यो सँगै श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधी व्यवस्थापन विभागमा दर्ता हुने पहिलो हेयर ओएल बनेको छ।

२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको कम्पनीको दाबी छ।

विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ।

यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ।

बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो।

नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार