इतिहासले नेपालको जिम्मा पुन: प्रचण्डलाई सुम्पदैछ : अग्नि सापकोटा-Sutra News

इतिहासले नेपालको जिम्मा पुन: प्रचण्डलाई सुम्पदैछ : अग्नि सापकोटा

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा फेल भइरहेको दाबी गरेका छन् । तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार असफल भइरहेको जिकिर गरे ।



नेता सापकोटाले भने, ‘अहिले केपी ओलीलाई ७८ जना सांसदको अहंकार छ । विचार र विवेश शून्य छ । त्यसकारण इतिहासले फेरि नेपालको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिँदैछ । इतिहासले सुम्पिएको त्यो जिम्मेवारी पूरा गर्ने संकल्प गर्नुपर्नेछ ।’

उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको बताए । नेता सापकोटाले भने, ‘अहिले भयानक संकट छ, तर संकटभित्र सम्भावना पनि छ । हामीले राजावादीहरुको हौवाले यी सबै कुरा गरिरहेका छैनौं । त्यसप्रति सचेत हुँदै समाजवादी क्रान्तिमा अघि बढिरहेका छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट