गोरखा पुगेर पूर्वराजाले भने: देशको शान्ति कायमै होस्, कोही डराउनु पर्दैन-Sutra News

गोरखा पुगेर पूर्वराजाले भने: देशको शान्ति कायमै होस्, कोही डराउनु पर्दैन

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेर देशवासीको सुख र समृद्धिको कामना गरेका छन् ।



पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।

‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए ।

‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट