

आज मिती २०८१ साल चैत महिनाको १० गते आइतबार तदनुसार मार्च महीनाको २३ तारीख सन् २०२५, चैत कृष्ण पक्षको नवमी तिथी एवं विश्व मौसम विज्ञान दिवस, आज बिहान ६ बजेर ४ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १६ मिनेटमा अस्ताउने छ ।
मेष राशी: व्यस्तता बढ्नुका साथै अनुकूलता वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय भएपनि परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउने सम्भावनाका बाबजुद प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने भएपनि गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला ।
बृष राशि: समय उत्तम रहेकाले नयाँ काम प्रारम्भ हुनुका साथै विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनका साथै पराक्रम वृद्धि र उत्साह बढ्नेछ ।
मीथुन राशि: आजको दिन राम्रो रहेकाले पुराना मित्रजनसँग भेटघाटको अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । व्यापारमा राम्रै लाभ हुने योग रहेपनि स्वास्थ्यमा केही कमजोरी अनुभूति होला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग रहेकाले सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।
कर्कट राशि: आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्नुका साथै तारिफयोग्य काम सम्पादन हुनाले थप मौका जुट्न सक्छ । तथापि, अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु आवश्यक छ ।
सिंह राशि: नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्ने तथा विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । तर, इर्ष्या गर्नेहरूप्रति आजको दिन विशेष सावधान रहनुहोला ।
कन्या राशि: नयाँ कामको प्रस्ताव आउने र पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर मिल्न सक्छ । राम्रैसँग धन आर्जन हुने योग रहनाले लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर मिल्नसक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । आयबल वृद्धि हुनाका साथै मित्रजनको साथ प्राप्त हुनेछ ।
तुला राशी: कर्मबल वृद्धि हुनाका साथै आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । उपलब्धिको स्रोत पहिल्याउन सकिने भएपनि अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु हितकर हुनेछ, सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ, ख्याल राख्नुहोला । छरछिमेकमा असमझदारी बढ्न सक्ने हुनाले कुनैपनि काममा बलजफ्ती नगर्नुहोला ।
बृश्चिक राशि: आजको दिन केही चुनौतीयुक्त रहेकाले व्यापार-व्यवसायमा हुनुहन्छ भने ठूलो उपलब्धि हासिल गर्न नसकिएला । इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । अरूको भरपर्दा धोका पाइने हुनाले गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले सचेत रहनुहोला ।
धनु राशि: दौडधुप बढेपनि बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । मेहनत गर्दा पहिले रोकिएको कार्यको पूर्णता र प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि रमाइलो यात्रा हुनसक्ने सम्भावना छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुटेपनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।
मकर राशि: अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक बस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । प्रेमभाव बढ्नुका साथै दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि: धन आर्जनको अवसर पनि मिल्ने समय रहेपनि आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । आजको दिन आफ्ना नातेदारहरुसंग विवाद वा झैझगडा पर्न सक्छ, सावधानीका साथ बोली र व्यवहार गर्नु उचित हुनेछ । आर्थिक समस्या पनि पर्न सक्ने तथा सवारीसाधनको प्रयोग गर्दा आज विशेष सावधानी अपनाउनुपर्नेछ ।
र, मिन राशि: आजको समय निकै नै शुभदायी छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ भने प्रशंसकहरू बढ्नेछन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । तर, फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । नसोचेको ठाउबाट धन आर्जन हुने योग हुनाका साथै प्रेमभाव वृद्धि हुनेछ ।