हलमा लागिरहेका छन् ७ वटा नेपाली फिल्म, सबैभन्दा बढी कमाउने कुन ?-Sutra News

हलमा लागिरहेका छन् ७ वटा नेपाली फिल्म, सबैभन्दा बढी कमाउने कुन ?

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । यतिबेला हलमा ७ नेपाली फिल्म रिलिजमा छन्। जसमध्ये ५ वटा पुराना र २ वटा नयाँ हुन्।



शुक्रबारबाट ‘११ः५५ र द्रौपदी’ हलमा लागेका छन्। यी दुवै फिल्मको जनरा फरक छ। ‘११ः५५’ क्राइम थ्रीलर जनरामा निर्माण भएको फिल्म हो। जसमा महेश त्रिपाठी, श्रृष्टी श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज, विशाल पहारी र नयाँ कलाकार सागर खनालको अभिनय छ।

यता, फिल्म ‘द्रौपदी’मा कर्णालीको कथा भनिएको छ। फिल्ममा ऋषिराज आचार्यले निर्देशन गरेको यस फिल्ममा आचार्यसहित रवि ओड लगायतका कलाकारहरुको अभिनय छ।

यी फिल्मका अलावा ‘आउटलः दफा २१९, अञ्जिला, राजागञ्ज, होस्टेल ३ र लाज शरणम्’ पनि हलमा लागिरहेका छन्।

यी ७ फिल्ममध्ये सबै भन्दा धेरै शोज ‘अञ्जिला’ले प्राप्त गरिरहेको छ भने व्यापारको हिसाबले पनि यो फिल्म अगाडी नै छ। त्यसैगरी ‘लाज शरणम’ र ‘होस्टेल-३’ले पनि अरूको तुलनामा उत्साहजनाक व्यापार गरेको निर्माताहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट