

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवानी महँगो पारिश्रमिक लिने नायिका बनेकी छन्।
दक्षिण भारतीय फिल्म ‘टक्सिक’को लागि उनले उनले महँगो पारिश्रमिक लिएको बताइएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले १५ करोड भारू पारिश्रमिक लिएकी हुन्।
यो अभिनेत्रीको हकमा आजसम्मकै सबैभन्दा बढी पारिश्रमिक हो। उनले प्रियंका चोपडा, दीपिका पादुकोणलाई पछि पार्दै उक्त रेकर्ड राखेकी हुन्।
‘टक्सिक’मा कियारासँगै यशको मुख्य भूमिका रहनेछ।