ट्रम्पको हत्या प्रयास हुँदा रुसी राष्ट्रपति पुटिन भाग्दै पुगेका थिए चर्च…-Sutra News

ट्रम्पको हत्या प्रयास हुँदा रुसी राष्ट्रपति पुटिन भाग्दै पुगेका थिए चर्च…

आइतबार, १० चैत्र २०८१

आइतबार, १० चैत्र २०८१

डोनाल्ड ट्रम्पका शीर्ष दूत स्टीव विटकफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको गहिरो मित्रताको दुर्लभ कथा सार्वजनिक गरेका छन् । स्टिभ विटकफले पूर्व फक्स न्यूज होस्ट टकर कार्लसनको पोडकास्टमा पुटिन र ट्रम्प बीचको अद्वितीय मित्रताको उल्लेख गरे।



उनले ट्रम्पमाथि आक्रमण हुँदा पुटिन आफ्नो स्थानीय चर्चमा गएर उनको लागि प्रार्थना गरेको बताएका छन् ।

“जब राष्ट्रपति ट्रम्पलाई गोली हानियो, पुटिनले आफ्ना पादरीसँग भेट गरे र ट्रम्पको लागि प्रार्थना गरे। उनी आफ्नो साथीको लागि प्रार्थना गरिरहेका थिए,” विटकफले भनेका छन् ।

यो घटना पेन्सिलभेनियामा थोमस म्याथ्यू क्रुक्सले चलाएको गोलीले ट्रम्पलाई लागेपछिकाे हाे । यस क्रममा क्रेमलिनका प्रवक्ताले ट्रम्पका विपक्षीहरूले आक्रमणको याेजना बनाएकाे आरोप लगाएका थिए।

विटकफले ट्रम्पलाई यो घटना सुनाउँदा उनी भावुक भएको बताए । यो घटनाले दुई नेताबीचको सुमधुर सम्बन्धलाई थप गहिरो बनाएको छ ।

यसका साथै पुटिनले ट्रम्पलाई रुसी कलाकारले बनाएको विशेष तस्विर पनि उपहार दिएका थिए । ट्रम्पले पुटिनको धेरै पटक प्रशंसा गर्दै उनलाई “प्रतिभाशाली” र “बलियो नेता” भनेका छन्।

हालै दुई नेताबीच युक्रेन द्वन्द्व अन्त्य गर्ने प्रयासबारे छलफल भएको थियो । उनीहरूले यस विषयमा दुई घण्टा वार्ता गरे, जसलाई ट्रम्पले “धेरै राम्रो र फलदायी” भनेर वर्णन गरे।

युक्रेनमा रुसको आक्रमणको बेलामा दुई नेताको सम्बन्ध गहन छानबिनमा परेको थियो र उनीहरूको मित्रताले राजनीतिक र कूटनीतिक दृष्टिकोणबाट नयाँ बहस सुरु गरेको छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट