

काठमाडाैं । स्थानीय बजारमा साताकाे पहिलाे काराेबार दिन आइतबार पनि सुन–चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। जुन अघिल्लाे काराेबार शुक्रबारकाे तुलनामा ९ सय रूपैयाँले कम हाे ।
यसअघि शुक्रबार पनि सुनकाे मूल्यमा १ हजार रूपैयाँले गिरावट आएकाे थियाे ।
सुनकाे मूल्य घट्दै गर्दा आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारकाे तुलनामा चाँदीकाे मूल्य प्रतितोला १५ रूपैयाँ घटेको हो।
मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनकाे मूल्य प्रतिऔंश ३ हजार २३ अमेरिकी डलरमा किनबेच भइरहेकाे छ ।