

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे नै नभएको बताएका छन्।
कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्वराजा शाह अब पनि राजा हुनै नसक्ने दाबी गरेका हुन्।
पूर्वराजा शाह बोकेर हिँडेको राप्रपा पनि पछि पछुताउने देउवाको दाबी छ।
उनले भने, ‘बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। अब राप्रपाले पनि दुःख पाउँछ।’
उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको टिप्पणी दोहोर्याए।
उनले भने, ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन्।’