कारोबारको पहिलो दिन नै नेप्सेमा ५३ अंकको गिरावट-Sutra News

कारोबारको पहिलो दिन नै नेप्सेमा ५३ अंकको गिरावट

आइतबार, १० चैत्र २०८१

आइतबार, १० चैत्र २०८१

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एकसचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा झरेको छ ।



आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ६ लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनकिो सेयरमूल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता कारोबार हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट