शंकर पोखरेल भन्छन्- भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ-Sutra News

शंकर पोखरेल भन्छन्- भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ

आइतबार, १० चैत्र २०८१

आइतबार, १० चैत्र २०८१

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब पञ्चायतको समयमा देश फर्किन नसक्ने बताएका छन्।



प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था रहेको बताए।

‘भारतले बिजुली दिएन भने लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले तथ्यका आधारमा बहस गर्नुपर्छ। जन्मका आधारमा हुने शासन आजको समयमा सम्भव छैन। भ्रम सिर्जना गर्नेहरूले मुलुकलाई अँध्यारोतिर लान खोज्दै छन्।’

उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताए।

उनले भने, ‘जनताको निराशालाई आधार बनाएर मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैन। राजाको शासनमा ३ खर्बको अर्थतन्त्र अहिले ५७ खर्बको भइसकेको छ। के यो गणतन्त्रको उपलब्धि होइन?’

चीनमा कार्यकारी राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल र भारतमा मोदी पनि तेस्रो कार्यकाल नेतृत्वमा पुग्दा नेपालमा प्रधानमन्त्री र मुख्यमन्त्री कयौँ पटक आए/गएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट