

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली बुवाआमा बनेका छन्।
आइतबार गायिका मेलिनाले छोरालाई जन्म दिएकी छन्।
कमलले सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो पटक बाबु-आमा बन्न पाउँदा खुशी लागेको बताएका छन्।
कमल लेख्छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ। पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ।’
उनले यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद देइका छन्।
कमल र मेलिनाले २ वर्षअघि विवाह गरेका थिए।