थामियो सेयर बजारमा पहिरो-Sutra News

थामियो सेयर बजारमा पहिरो

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । लगातार गिरावट चलिरहेको सेयर बजारमा साताको दोस्रो कारोबार दिन (सोमबार) उच्च अंकको बृद्धि भएको छ । सोमबार ३०.५२ अंकले घट्दै बजार २६४५.२० को बिन्दुमा उक्लिएको छ ।



यसअघि ५ कारोबार दिन लगातार गिरावट चलेको बजारमा साताको पहिलो कारोबार दिन (आइतबार) ५४.६२ अंकले गिरावट आएको थियो । आइतबार उच्च अंकको गिरावटका बिच कारोबार रकममा भने अन्य दिनको तुलनामा बृद्धि भएको थियो ।

तर, सोमबार सूचक बढेपनि कारोबार रकममा भने केही गिरावट आएको छ । ९७ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४८ करोड ५९ लाख रुपैयाँमै सीमित भयो ।

यसअघि आइतबार कारोबार रकम ६ अर्ब २८ करोड रुपैयाँ माथिको भएको थियो ।

उच्च अंकको बृद्धिका बिच सबैजसो समूहको सूचक हरियाली हुँदा सोमबार सबैभन्दा धेरै फाइनान्स समूहको सूचक ३.७५ प्रतिशतले उचालियो । समग्रमा १.१६ प्रतिशतले नेप्से बढ्दा अधिकांशको सूचक १ प्रतिशत हाराहारिले बढ्यो ।

सोमबार कारोबारमा आएका २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ ।

आइतबारको उच्च कारोबारसहितको उच्च अंकको गिरावटले बजारमा केही लगानीकर्ताले सेयर खोस्न खेल चलाएको टिप्पणी भएको थियो । जसलाई सोमबारको उच्च बृद्धिले प्रष्ट पारेको छ ।

सोमबारको कारोबारले बजार पुनः बढ्ने दिशातर्फ अघि बढेको सम्भावनालाई पनि दर्शाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार