सिंहदरबारमा ओली, देउवा र प्रचण्ड, के एजेन्डामा हुँदैछ छलफल ?-Sutra News

सिंहदरबारमा ओली, देउवा र प्रचण्ड, के एजेन्डामा हुँदैछ छलफल ?

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । प्रमुख ३ दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।



उनीहरूबीच मुख्यगरी संक्रमणकालीन न्यायको विषयमा छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन् । तीन शीर्ष नेतासँगै छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलगायत पनि सहभागी छन् ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेताले समय नदिएकाे कुरा संसद बैठकमा सुनाएका थिए । बैठकमा सङ्क्रमणकालीन न्यायका लागि छलफल हुने बताइए पनि सँगै अन्य राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सम्भावना छ ।

अध्यक्ष प्रचण्डले याे छलफलअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार