रश्मिकासँग ३१ वर्षको उमेर अन्तरबारे प्रश्न गरेपछि रिसाए सलमान-Sutra News

रश्मिकासँग ३१ वर्षको उमेर अन्तरबारे प्रश्न गरेपछि रिसाए सलमान

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान र रश्मिका मन्दानाले आगामी फिल्म ‘सिकन्दर’मा पहिलोपटक स्क्रिन सेयर गरेका छन्। फिल्म घोषणा भएदेखि नै २८ वर्षिया रश्मिकालाई ५९ वर्षीय सलमानसँग कास्ट गरेकोमा धेरैले प्रश्न उठाएका थिए।



‘सिकन्दर’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस विषयमा ट्रोल गर्नेहरूलाई सलमानले जवाफ दिएका छन्।

कार्यक्रममा सलमानलाई उनी र रश्मिकाबीच ३१ वर्षको उमेरको अन्तरबारे प्रश्न सोधिएको थियो।

जवाफमा सलमानले रिसाउँदै भने, ‘जब हिरोइनलाई प्रब्लम भइरहेको छैन भने तपाईंलाई त्यस्तो के भयो ? उनको विवाह भयो र बच्चा पनि भएमा उनीसँग पनि काम गर्छु। आमाको अनुमति पक्कै लिन्छु।’

कुराकानीका क्रममा सलमानले रश्मिकाको प्रशंसा गरेका थिए। रश्मिकालाई देख्दा आफ्नो बाल्यकालको याद आउने सलमानले बताए।

सलमानले भने, ‘रश्मिकाले साँझ ७ बजेसम्म फिल्म पुष्प २ को सुटिङ गर्थिन्। राति ९ बजे सिकन्दरको सेटमा आइपुग्थिन् र बिहान साढे ६ बजेसम्म हामीसँग सुटिङ गर्थिन् र त्यसपछि पुष्पाको सेटमा फर्किन्थिन्। यसक्रममा खुट्टामा चोट लागेपनि उनले सुटिङ जारी राखिन् र एक दिन पनि सुटिङ रद्द गरिनन्।’

सलमान र रश्मिका बाहेक फिल्ममा काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय छ।

बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ। इदको छेको पारेर आगामी आइतबार (३० मार्च) बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीले भरिएको छ।

एआर मुरुगादासद्वारा निर्देशित र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म इदको अवसरमा आइतबार प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार