‘कमेडी नाइट विथ च्याम्पियन्स’को पहिलो एपिसोडमा एकैसाथ देखिँदै छन् दीपक-दीपा र जितु-Sutra News

‘कमेडी नाइट विथ च्याम्पियन्स’को पहिलो एपिसोडमा एकैसाथ देखिँदै छन् दीपक-दीपा र जितु

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को प्रसारण चैत १९ देखि सुरु हुने भएको हिमालय टिभीले जनाएको छ।



भव्य सेट र नयाँ संरचनाअनुसार शोको शनिबार छायांकन गरिएको छ।

निर्देशक विशाल भण्डारीले पहिलो एपिसोडको छायांकन भएको जनाए। उनका अनुसार अभिनेताद्वय दीपकराज गिरी र जितु नेपाल पहिलो पाहुना हुनेछन्।

‘हामीले पहिलो एपिसोडमा दीपक र जितुसहित दीपाश्री निरौलालाई एउटै फ्रेममा समेटेका छौं’ भण्डारीले भने।

दीपाश्री यो शोकी अध्यक्ष हुन्। प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले शोमा हास्य प्रस्तुति दिनेछन्।

‘यसपटक हामीले डेढ घण्टा हँसाउने प्रयास गर्नेछौं’, निर्देशक भण्डारीले भने, ‘यसपटक भव्य सेटमा कार्यक्रम सञ्चालन हुनेछ। सेट बनाउन मात्रै ६० लाख खर्च भएको छ।’

एक वर्षसम्म ५२ एपिसोड तयार गर्ने र त्यसपछि ‘कमेडी च्याम्पियन’मा जुट्ने निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको तयारी छ। यो शो हिमालय टिभीमा प्रसारण र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार