देउवा र ओलीसँग भेट्नुअघि राष्ट्रपति पौडेललाई किन भेटे प्रचण्डले ?-Sutra News

देउवा र ओलीसँग भेट्नुअघि राष्ट्रपति पौडेललाई किन भेटे प्रचण्डले ?

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।



शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा पछिल्लो गतिविधिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ।

पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ।

शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर भेटमा पछिल्लो समय पूूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुको बारेमा समेत समीक्षा भएको बताइन्छ।

भेटमा संक्रमणकालीन न्याय निरुपणका विषयमा समेत छलफल भएको र यसैबारेमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट हुन लागेको जानकारी प्रचण्डले राष्ट्रपतिलाई गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार