स्काईवेलको फ्ल्यागसिप सोरूम पूर्वको इटहरीमा-Sutra News

स्काईवेलको फ्ल्यागसिप सोरूम पूर्वको इटहरीमा

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले आफ्नो फल्यागसिप सोरूम पूर्वी नेपालको इटहरीमा सञ्चालनमा आएको छ। नेपालमा पाईने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक बर्ष अगाडि भित्र्याएको थियो ।



मार्च २४, सोमबारका दिन कोशी प्रदेशका सामाजीक विकास मन्त्री पाँच कर्ण राईले एक समारोहका बिच विक्री कक्षको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको उपस्थिती रहेको थियो ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो। राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको छ ।

भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरू गरेको थियो। नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलर्ले एक सयभन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको छ। नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि. मोटर्स प्रा. लि. रहेको स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ ।

कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले कम्पनीले गाडी बिक्रीपछि पनि कम्पनीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि विक्री गर्छौं, वहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ, त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिं कति पनि चुक्नेछैनौं”, उनले भनेका छन्, “हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं । हामी सँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।”

एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार