टीआरसी टुंग्याउन ‘सर्च कमिटी’ गठन गर्ने सहमति-Sutra News

टीआरसी टुंग्याउन ‘सर्च कमिटी’ गठन गर्ने सहमति

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडाैं । संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा ‘सर्च कमिटी’ गठन गर्ने सहमति भएको छ । साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे प्रमुख तीन दलका शीर्ष नेताहरूकाे बैठकले यस्ताे सहमति जुटाएकाे हाे ।



बैठकपछि सञ्चारकर्मीसँगकाे कुराकानीमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सहमतिबारे बताएका हुन् । प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएकाे उनले बताएका छन् ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो’, खरेलले भनेका छन्, ‘सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो ।’

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन भएपनि उक्त समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । जसपश्चात प्रक्रिया नै अलपत्र परेकाे थियाे ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार