

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले पटक पटक स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो नभएरलगायतका कारण उनलाई हटाउने निर्णय गरेको बताइएको छ।
कुलमान घिसिङ र उर्जामन्त्ती दिपक खड्काबीच द्वन्द्व पछिल्लो समय सतहमा आएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि कुलमानलाई हटाउन लागि परेका थिए।
डेडिकेडेड र ट्रंक लाइन विवादमा उद्योगीहरूबाट विद्युत बक्यौता उठाउने विषयमा ओली र कुलमानबीच द्वन्द्व सुरू भएको थियो। पछि यस विषयमा संचारमाध्यमदेखि सदनसम्मै सरकारको आलोचना समेत भएको थियो।