कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय-Sutra News

कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय

सोमबार, ११ चैत्र २०८१

सोमबार, ११ चैत्र २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ।



सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

कुलमान घिसिङ र उर्जामन्त्ती दिपक खड्काबीच द्वन्द्व पछिल्लो समय सतहमा आएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि कुलमानलाई हटाउन लागि परेका थिए।

डेडिकेडेड र ट्रंक लाइन विवादमा उद्योगीहरूबाट विद्युत बक्यौता उठाउने विषयमा ओली र कुलमानबीच द्वन्द्व सुरू भएको थियो। पछि यस विषयमा संचारमाध्यमदेखि सदनसम्मै सरकारको आलोचना समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार