विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धकाे नारा डिस्प्ले भएपछि…-Sutra News

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धकाे नारा डिस्प्ले भएपछि…

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकाे नारा डिस्प्ले भएकाे छ ।



सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै विराेधमा प्रधानमन्त्रीविरूद्धकाे नारा डिजिटल बोर्डमा लेखिएको हो ।

डिजिटल बोर्डमा निकै असभ्य भाषामा प्रधानमन्त्रीविरूद्ध नारा लेखिएकाे छ ।

घटनाकाे बारेमा छानबिन भरतपुर वितरण केन्द्रले छानबिन थालेकाे छ । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले कसरी त्यस्ताे भयाे भन्ने छानबिन बढाइएकाे जानकारी दिए ।

‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं’, उनले भनेका छन् ।

उनले डिजिटल बोर्डमा लेख्ने पहुँच आफ्नो मात्रै भएको बताउँदै ह्याकरले ह्याक गरेर लेखेको हुन सक्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार