‘दुस्मन हेरेको हेर्‍यै’ गीतको भिडियोका लागि दुर्गेशले गरेका थिए पललाई प्रस्ताव, किन मानेनन् पलले ?-Sutra News

‘दुस्मन हेरेको हेर्‍यै’ गीतको भिडियोका लागि दुर्गेशले गरेका थिए पललाई प्रस्ताव, किन मानेनन् पलले ?

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । गायक दुर्गेश थापाले आफूले पल शाहलाई ‘दुस्मन हेरेको हेर्‍यै’ गीतको म्युजिक भिडियोमा अभिनयका लागि अफर गरेको बताएका छन्।



आफ्नो ‘दुस्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरौँ भनेको तर पल आफैंले नमानेको दुगेशले बताए।

‘फोकटमा दुस्मन भनेर भन्ने वातावरण किन दिनु भन्ने कुरा गरेको थिएँ। ऊ (पल)बाट होइन अहिले नगरौँ होला भन्ने कुरा आयो,’ दुर्गेशले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘नगरौँ भनेपछि मैले आफ्नो तरिकाले भिडियो बनाएको हो।’

उनले फेसबुक म्यासेन्जरमार्फत आफूले पललाई अफर गरेको बताए। पुराना घटनालाई बिर्सिएर आआफ्नो बाटोमा फर्किनुपर्ने दुर्गेशको भनाइ छ।

पुरानो घटनालाई लिएर बस्न नहुने भन्दै दुर्गेशले आफू सबैको राम्रो होस् भन्ने चाहना राख्ने व्यक्ति भएको बताएका छन्।

दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित हुँदा उनी यतिबेला सर्वाधिक व्यस्त गायक बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार