हरिवंशदेखि शिव परियारसम्मले गरे कुलमान हटाउने सरकारको निर्णयको विरोध-Sutra News

हरिवंशदेखि शिव परियारसम्मले गरे कुलमान हटाउने सरकारको निर्णयको विरोध

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको भन्दै सेलिब्रेटीहरू कुलमान घिसिङको पक्षमा उभिएका छन्। घिसिङलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति उनीहरू आक्रोशित देखिए।



अभिनेता हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट हुँदै कुलमान नेपाली कुलकै उज्यालो भएको भनेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउन हुँदैन थियो।’

कलाकार मनिषा कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पोस्टसहितका घिसिङबारेका पोस्ट सेयर गरेकी छन्।

त्यस्तै, अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले लेखेका छन्, ‘कुलमानलाई भुलमान। सालोलाई पालो।’

अभिनेत्री स्वस्तिमा खड्काले पनि कुलमानको तस्वीर सेयर गरेर उनीप्रति समर्थन जनाएकी छन्। अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा कुलमान हटाइएको समाचार सेयर गर्दै विरोध गरेकी छिन्।

निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन्। सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन।’

कलाकार नीता ढुंगाना, मनोज गजुरेल, रमेश उप्रेती, कृष्ण मल्ल, रकगायिका अभया सुब्बा, गायक शिव परियार लगायतले पनि कूलमानलाई हटाउने निर्णयप्रति विरोध जनाएका छन्।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार