नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने-Sutra News

नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।



समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ।

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको भनेका छन्।

त्यसअघि सोही दिन समाजवादी मोर्चाले समेत राजधानीमा काठमाडौंको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ। गणतन्त्रका पक्षमा राजावादीलाई काउन्टर दिन नेकपाका महासचिव नेत्रविक्रम छन्द विप्लवको नेतृत्वमा रहेको मोर्चाले प्रदर्शन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार