माइतीघरमा प्रधानमन्त्री ओलीविरूद्ध आपत्तिजनक नारा-Sutra News

माइतीघरमा प्रधानमन्त्री ओलीविरूद्ध आपत्तिजनक नारा

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा ‘नेपाली जनता’को तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन्।



काठमाडौंको माइतीघर मण्डलामा मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ।

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन्।

उनीहरुले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन’ भन्दै उनीहरुले कुलमानको समर्थनमा नारा लगाएका थिए। सामाजिक अभियन्ता आशिका तामाङ पनि आन्दोलनमा सहभागी भएकी थिइन्।

आयोजक ‘नेपाली जनता’ भनिएको उक्त प्रदर्शनमा ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ’ ‘शेरे चोर देश छोड, प्रचण्ड चोर देश छोड’
भन्ने आपत्तिजनक नारा समेत लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार