राजा फर्काउन लागेका दुर्गा प्रसाईं र नवराज सुवेदी मिले, चैत १५ गते संयुक्त प्रदर्शन गर्ने-Sutra News

राजा फर्काउन लागेका दुर्गा प्रसाईं र नवराज सुवेदी मिले, चैत १५ गते संयुक्त प्रदर्शन गर्ने

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीको समूहले पनि साथ दिने भएको छ।



सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो।

आज एक विज्ञप्ति जारी गर्दै सुवेदीले १५ गतेको जनप्रदर्शन सफल पार्न सबैसँग आह्वान गरेका छन्। अब उप्रान्त राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ।

‘आउँदो शुक्रबार राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण राजनीतिक पार्टी र समूहहरुलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्छु। देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन’, उनले विज्ञप्तिमा भनेका छन्।

त्यसअघि सोही दिन समाजवादी मोर्चाले समेत राजधानीमा काठमाडौंको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ। गणतन्त्रका पक्षमा राजावादीलाई काउन्टर दिन नेकपाका महासचिव नेत्रविक्रम छन्द विप्लवको नेतृत्वमा रहेको मोर्चाले प्रदर्शन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार