

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेका गरेका छन्।
कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका नेताका नेता देउवालाई विपक्षी दलको नेता भनेका हुन्।
विपक्षी दल नेता भनेपछि सहभागीहरू हाँसेपछि ओलीले झसँग हुँदै आफूहरू अहिले सरकारमा रहेको सम्झिए।
‘विपक्षी दलका नेता, संसदमा। ए विपक्षी दल नेता होइन, अहिले त हामी सरकारमा पो छौं त है,’ बालुवाटारमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी।’