स्काइवेलको फ्ल्यागसिप सोरुम इटहरीमा, मूल्य एक करोड १५ लाख रुपैयाँसम्म-Sutra News

स्काइवेलको फ्ल्यागसिप सोरुम इटहरीमा, मूल्य एक करोड १५ लाख रुपैयाँसम्म

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो सो रुम आज औपचारिक उद्घाटन गरेको छ।



नेपालमा पाइने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काइवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो।

सोमबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले एक समारोहका बीच रिबन काटेर विक्री कक्षको उद्घाटन गरे। उद्घाटनका अवसरमा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालको उपस्थिति रहेको थियो।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काइवेल चीनियाँ ईलेक्ट्रोनिक्स्जाईन्ट स्काईवर्थको ब्राण्ड हो।

भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण सुरू गरेको थियो। नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काइवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको छ।

कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, ‘घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काइवेलका एसयुभी चढ्न थाल्नुहुन्छ। त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीं कति पनि चुक्ने छैनौं। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं। हामीसँग यथेष्ठ स्पेयर्स पार्टस्जगेडा छन्।’

आयोजित समारोहमा बोल्दै जि. मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्छन्, ‘स्काइवेल साधारण इभी मात्र होइन यो प्रिमियम एसयुभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहीँ चुक्ने छैनौं।’

एक करोड १५ लाख रुपैयाँ मूल्य सम्म पर्ने स्काइवेलका एसयुभीको शुरुवाति भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ। यसै वर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार