कुलमानको पक्षमा आन्दोलन गर्नेहरूलाई प्रधानमन्त्रीले भने- तिललाई पहाड बनाएर केही अर्थ छैन-Sutra News

कुलमानको पक्षमा आन्दोलन गर्नेहरूलाई प्रधानमन्त्रीले भने- तिललाई पहाड बनाएर केही अर्थ छैन

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गरिरहेका युवाहरूलाई ‘अर्थ बिनाको प्रदर्शन’ भनेका छन्।



नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्।

‘इस्यु भेटियो, यही त्यान्द्रो हो, यही डोरीलाई नाग बनाउनुपर्छ, नाग भनेर कुद्या छ। केही अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने।

अगाडि उनले भने, ‘तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि के सानो त्यान्द्रो, के विषय पाएजस्तो लाग्यो केही मान्छेले, उफ्रिराख्या छन्, कुदिराख्या छन्। के पायौँ, के पायौँ भनेर, भेटियो भनेर, इस्यु भेटियो भनेर हिजैदेखि सुरु छ वक्तव्यबाजी।’

सोमबार (हिजो) घिसिङलाई पदमुक्त गरेयता सरकारको त्यो कदमको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) बाहेक सबै दलहरूले पनि विरोध गरेका छन्।

यसपछि आज घिसिङको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ। सोही प्रदर्शनप्रति इङ्गित गर्दै प्रधानमन्त्री ओलीले त्यसको कुनै अर्थ नभएको बताएका हुन्।

ओलीले मुलुकका अन्धकार कुनै एक व्यक्तिका कारणमात्रै नहटेको बताएका छन्।

उनले त्यसअघिका विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङमुक्त भएको उल्लेख गर्दै एक व्यक्तिले मात्रै गरेको हो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।

बालुवाटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो?’

प्रधानमन्त्री ओलीले देउवाले गल्ती गरेर कुलमानलाई दोहोर्‍याएर ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार