सञ्चारमन्त्रीले एक दिनअघि कुलमान हटाएको निर्णय ढाँटे, आज आफैं स्वीकारे-Sutra News

सञ्चारमन्त्रीले एक दिनअघि कुलमान हटाएको निर्णय ढाँटे, आज आफैं स्वीकारे

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको बताएका छन्।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घिसिङलाई बर्खास्त गरिएको पुष्टि गरेका हुन्।

‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।’

यसअघि सोमबार बेलुकीको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूको ‘कुलमान घिसिङलाई हटाएको हो?’ भन्ने प्रश्नमा उनले कसले भनेको हो? कुलमानले? सरकारलाई त थाहा छैन’ भनी ढाँटेका थिए।

यस्तो थियो संवाद :

पत्रकार : कुलमान घिसिङलाई हटायो भन्छन् नि।
सञ्चारमन्त्री : को ले, कुलमानले भन्या ?
पत्रकार : होइन, स्रोतले भन्या।
मन्त्री : खै सरकारलाई त थाहा छैन !
पत्रकार : हटायो भन्ने खबर छ नि ?
मन्त्री : मैले के भन्छु, त्यो कुरा सोध्नु न।
पत्रकार : त्यही कुरा सुन्न त बसेका छौँ नि अघिदेखि।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार