विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण-Sutra News

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

मंगलबार, १२ चैत्र २०८१

मंगलबार, १२ चैत्र २०८१

काठमाडौं । कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि दोस्रोपटक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।



मंगलबार नियुक्तिपत्र पाएसँगै शाक्यले विद्युत् प्राधिकरणमा दोस्रोपटक कार्यकारी निर्देशकको रूपमा कार्यभार सम्हालेका हुन्।

कार्यभार सम्हाल्दै सरकारले उनले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए।

उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार