

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताए।
‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने।
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ।
पार्टीका आन्दोलनलाई बेग्लै अगाडि बढाइने लिङदेनले जानकारी दिए। जसअनुसार २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गरिने छ।
१५ गतेको प्रदर्शनबारे बेग्लै निर्णय नगरिएको लिङदेनले बताए।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामा घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ।