

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा केहीले गिरावट आएको थियो । तर, बुधबार प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बढेसँगै बुधबार चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ । मूल्य बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार १५ डलर कायम भएको छ ।