पोखरामा हुने वाडा अटो शोमा एलएस अटोले आफ्नो लोकप्रिय भेरियन्टलाई बिक्रीमा राख्ने-Sutra News

पोखरामा हुने वाडा अटो शोमा एलएस अटोले आफ्नो लोकप्रिय भेरियन्टलाई बिक्रीमा राख्ने

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । पर्यटकीय राजधानी भनेर परिचित पोखरामा यही चैत १४ गतेदेखि ४ दिने अटो क्षेत्रको वाडा अटो शो हुँदैछ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले आयोजना गर्ने अटो शो पोखरास्थित अमरसिंह खेल मैदान हुनेछ ।



अटो शोमा विभिन्न कम्पनीहरुले आफ्ना ब्राण्डलाई शो गर्दैछन् । जहाँ लोकप्रिय एलएस अटोको पनि स्टल रहनेछ । वाडा अटो शोको मौकामा एलएस अटोले आफ्नो हालै सार्वजनिक गरेको एलईभी जिरो वानको दुई भेरियन्ट शो गर्ने तयारी गरेको छ ।

कम्पनीले जनाएअनुसार एलएस अटोको एलईभी जिरो वानको एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्ट अटो शोमा राखिनेछ ।

गत फागुन तेस्रो साता सार्वजनिक भएको एलएस अटोको एलईभी जिरो वानका दुवै भेरियन्ट ग्राहकहरुले निकै रोजाइमा पारेका छन् ।

मूल्य र रेन्जको आधारमा पनि दुवै भेरिन्यट निकै लोकप्रिय छ ।

एक पटकको फूल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने एलईभी जिरो वानको मूल्य पनि अन्यको तुलनामा केही सस्तो छ । कम्पनीका अनुसार स्ट्याण्डर्डको मूल्य ६१ लाख ९५ हजार र कम्फर्टको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार