

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ मा बसेको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । यसअघि हालसम्म वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ)काे जिम्मेवारीमा थिए ।
नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिइएकाे हाे । तत्कालिन सीइओ ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चाका बीच नबिलकाे जिम्मेवारीबाट बाहिरिएका थिए ।
कामु सीईओमा नियुक्त ज्ञवाली २०७७ साल साउनबाट नबिल बैंक प्रवेश गरेका हुन् । ज्योतिको सीइओबाट राजीनामा दिइ नबिल बैंक प्रवेश गरेका उनी नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका हुन् ।
ज्ञवाली गत पुसमा मात्रै बैंकको सिनियर डेपुटी सीईओमा बढुवा भएका थिए । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा वरिष्ठ डेपुटी सीईओमा बढुवा गरिएकाे चर्चा बैंकभित्र छ ।