बालेन ! तिम्रो सहरमा किन बेवारिस हुँदैछन् सम्पदाहरू ?-Sutra News

बालेन ! तिम्रो सहरमा किन बेवारिस हुँदैछन् सम्पदाहरू ?

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) जो सदाबहार चर्चामा रहने गर्दछन् । उनको कार्यशैलीदेखि सामाजिक सञ्जालमा आउने पोस्टहरूले समेत उच्च स्थान पाइरहेको छ । उनको व्यक्तिगत चर्चाको शिखर चुलिँदै जाँदा महानगरभित्रका सम्पदाहरू भने बेवारिस हुने अवस्थामा पुगेको छ ।



सम्पदा र संस्कृतिको सहर काठमाडौंको बागडोर सम्हालेका मेयर बालेनले केही सम्पदाहरूको संरक्षणमा चासो देखाएता पनि अधिकांश सम्पदाहरू आज पनि संरक्षणको ओझेलमा नै छन् ।

देशको प्रमाणिक इतिहास लिच्छवि राजा मानदेवको पालादेखि मात्र प्राप्त भएको छ। त्यो भन्दा अगाडिको कला संस्कृतिको इतिहास लेख्य रूपमा प्राप्त नहुनुले के कस्ता थिए भनेर अनुमान मात्र लगाउन सकिन्छ ।

लिच्छवि कालमा पूर्ण विकसित भएको  कला सम्पदाको इतिहास मल्ल कालमा आएर अझै विकसित भएको देखिन्छ। पाटनका राजा अभय मल्ल सन (१२४५-१३०६) को पालाम त्यति बेलाका प्रसिद्ध कलाकार तथा राष्ट्रिय विभूति अरनिकोले चीनमा गएर नेपालको कला कृतिलाई विश्व प्रसिद्धिमा पुर्याए  ।

अरनिकोले बनाएको त्यो प्यागोडा शैलीको मन्दिरहरू चीन, जापान, कोरिया, भियतनाम, बर्मा, थाइल्यान्ड र विश्वका जतिपनी बुद्ध धर्म अँगाल्ने मुलुक छन् ती मुलुकमा आज पनि मन्दिर र घरको छानो अरनिको शैलीबाट निर्मित भएका छन् र अझैसम्म पनि त्यही कलालाई पछ्याउँदै छन् ती देशहरू। १८१६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपाल बिच सुगौली सन्धिपछि राज्य बिस्तारको काम पूर्ण रूपमा रोकियो । सार्वभौम  नेपालको गरिमामय राज्य बिस्तारको क्रम रोकिए सँगै अब दरबारिया षड्यन्त्रमा भने झन् तीव्रता आउन थाल्यो। राज्य बिस्तारको कारण सिङ्गै शाह वंशले कला सम्पदाको निर्माण गर्न नसके पनि लिच्छवि काल र मल्लकालमा निर्माण भएका सम्पदाहरूको रक्षा भने गरेका थिए।

नेपालमा लिच्छविहरूले नेपालमा लगभग नौ सय वर्ष शासन गरे । यो अवधिमा नेपालको सम्पदा र कला क्षेत्रमा उल्लेख्य विकास भयो। लिच्छविहरूको राज्यकालमा नेपाल हरेक क्षेत्रमा अगाडि थियो । लिच्छवि काल देखि शाह कालसम्म आउँदा नेपाली कला,सम्पदाको निर्माण राज्य विस्तारसँगै  भएको देखिन्छ। शाह वंशको शासनकाल राजा महेन्द्रको समाप्ति पछि नेपालमा कला सम्पदा र सस्कृतीको निर्माण र उत्थानमा पूर्ण बिराम लाग्यो।

राजा महेन्द्रका छोराहरू पश्चिमी शिक्षाको कारण आधुनिक भए । पश्चिमी सङ्गत र अध्ययनले उनीहरूमा पूर्वीय चिन्तन प्रति घृणा जागृत भएको हो र फलस्वरूप नेपालमा भएका पुराना मूर्ति कला जर्मन बेलायत अमेरिकातिर महँगो मूल्यमा बेचिन थाले । खास गरेर राजा महेन्द्र पछि नेपालमा विकृति सुरु भयो। नयाँ सम्पदा बन्नु त परै जावोस हिजो पुर्खाले बनाएका सम्पदाको रक्षा पनि गर्न सकिएन, पुराना मूर्तिहरू मन्दिरबाट एकाएक हराउन थाले । धेरै वर्ष पछि ती सम्पदा कतिपय अवस्थामा फर्किपनी रहेका छन्।

गणतन्त्रपछि कमसेकम मूर्ति हराउन र चोरिन छोडिएका छन्। अहिले कला, सस्कृती, सम्पदाको महत्त्व झन् घटिरहेको छ। लिच्छवि काल देखि अहिलेसम्म आएको तीन प्रमुख महाभूकम्प पछि पुराना मन्दिर चैत्य बिहारहरूको अस्तित्व नै सङ्कटमा परेको थियो। तिनीहरूले पुनर्जीवन पाउन खास गरेर उपत्यका भित्रका सम्पदाहरूलाई जोगाउने काम तिनै सहरका मेयरको जिम्मेवारीमा आएको छ।

काठमान्डौको पशुपतिनाथ मन्दिर, वसन्तपुर दरबार, धरहरादेखि बुढानीलकण्ठ गुहेस्वरी आदिको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै छन्। तर बालेन जस्ता बिकासप्रेमी मेयरलाई सिध्याउन सरकार हात धोएर लागिरहेको छ। महानगरपालिका कर्मचारीले तलब समेत खान पाएका छैनन् । असल मान्छेलाई सिध्याउने कुलमान पछि अब बालेनको पालो हुनसक्छ ।

उपत्यकाको तिनै सहरको सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको पर्यटन तथा सस्कृती मन्त्रालयमा मन्त्री फेरिरहने प्रक्रियाले स्थानीय तहलाई त्यस्ता सम्पदाको सुरक्षा जिम्मेवार दिनुको विकल्प छैन। सम्पदा बिग्रेको भत्केको अवस्थामा त्यतिकै चुप लागेर बस्नुपरेको गुनासो गर्छन् स्थानीयहरू।

यसमा राजनीतिक प्रतिशोध नै मुख्य  कारण हो भन्नलाई स्थानीय पदाधिकारीहरू हिच्किचाउदैनन। काङ्ग्रेस अध्यक्ष भएको बेलामा योजना परेको सम्पदा संरक्षणको ठेक्का, अर्को चुनाव आएर एमालेको अध्यक्षले जितेपछि काङ्ग्रेसका पूर्व पदाधिकारीले त्यो आयोजनालाई जसरी पनि सम्पन्न हुन नदिने भूमिका खेल्छन्। अहिले बालेनले पनि त्यही समस्या भोगिरहेका छन्। महानगरपालिकाको विकास बजेट खर्च हुन नसकिरहेको अवस्था किन आयो भन्दा तिनै विकास विरोधी तत्वका कारणले हो।

राजनीति समृद्धिसँग जोडिनु पर्ने विषय हो, तर हाम्रो देशमा त्यसो हुन सकेको छैन। यी सम्पदाहरू कस्का कारणले बेवारिस हुँदै गएका छन् भन्दा यही अस्वस्थ  राजनीतिक प्रतिस्पर्धा र खुट्टा तान्ने प्रवृत्ति नै हो।

बालेन जस्ता युवा जोस र चिन्तन भएको व्यक्तिलाई सिध्याउन यो देशका प्रधानमन्त्री समेत हात धोएर लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार