कुलमान बारे विपक्षीलाई प्रधानमन्त्री ओलीको जवाफ- एउटा हटायो, अर्काे नियुक्ति गर्यो, सक्कियो-Sutra News

कुलमान बारे विपक्षीलाई प्रधानमन्त्री ओलीको जवाफ- एउटा हटायो, अर्काे नियुक्ति गर्यो, सक्कियो

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले कुलमान हटाइएपछि छाती पिटिपिटी रोइरहेको बताएका छन्।



बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्ने क्रममा उनले एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाति पिटिपिटी भएको भन्दै यसबारे जवाफ दिन आवश्यक नभएको बताए।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्काे नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ प्रधानमन्त्री ओलीले भने।

उनले यस प्रकरणमा विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन्।

‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।’

यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार