सरकारले आफूमाथि अन्याय गरेको भन्दै कुलमान पुगे सर्वोच्च-Sutra News

सरकारले आफूमाथि अन्याय गरेको भन्दै कुलमान पुगे सर्वोच्च

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । आफूलाई असंवैधानिक तवरबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कानुनी उपचारका लागि सर्वोच्च पुगेका छन्।



आज साँझ ५ बजेतिर आफ्ना कानुन व्यवसायी मार्फत कुलमानले सर्वोच्चमा रिट लगेको सर्वोच्च प्रशासनले जनाएको छ।

अधिवक्ता लोकमणी पोखरेलले कुलमानको रिट लिएर सर्वोच्च पुगेपनी कार्यालय समयको अन्तिमतिर मात्रै रिट आइपुगेको भन्दै बिहीबार मात्रै थप अध्ययन गरेर अरु प्रक्रिया अगाडि बढाउने सर्वोच्च प्रशासनले जनाएको हो।

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्दै हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोमा सरकारको निर्णय बदर गरि आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ।

सर्वोच्चमा दायर रिटमा कुलमानले नेपाल सरकार, उर्जा मन्त्रालय सहित नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन्।

आफूले कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार