हितेन्द्रदेव शाक्य किन पुगे सर्वोच्च अदालत ?-Sutra News

हितेन्द्रदेव शाक्य किन पुगे सर्वोच्च अदालत ?

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।



उनलाई यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

तर, उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।

त्यसो हुँदा १ भदौ २०७८ मा आफूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै आफूले सर्वोच्च अदालतमा रिट हालेको शाक्यले जानकारी दिए । शाक्यले मंगलबार नै प्राधिकरणमा कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार