

काठमाडौं । गायक सुशान्त केसीले पार्श्वगायनमा डेब्यु गरेका छन्। प्रदर्शन तयारीमा रहेको फिल्म ‘कर्मा’को लागि उनले गतसाता ‘पागल पागल’ बोलको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) रेकर्ड गराए।
भिडियोमा केसी स्वयम फिचर्ड हुनेछन्। बालाजु ल्याबको स्टुडियोमा गीत छायांकन गरिएको छ।
निर्देशक सौरभ चौधरीले फिल्मको ओएसटीका लागि केसीले गीत रेकर्ड गरेको र उनको भाग छायांकन गरिएको बताए ।
रोमान्टिक गीतमा सुशान्तको शब्द, संगीत र स्वर छ।
पछिल्लो समयका हिट गायकले फिल्ममा गाउने कुराले उनका प्रशंसक उत्साहित हुने पक्का छ। उनका बार्दली, झ्यालबाट, पर्ख न, सारंगी चर्चित गीत हुन्, जसमध्ये ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ।
फिल्म ‘कर्मा’ चैत २९ मा प्रदर्शन तयारीमा छ।