सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?-Sutra News

सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको हो ।



यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार