

काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्दै हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोमा सरकारको निर्णय बदर गरि आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ।
सर्वोच्चमा दायर रिटमा कुलमानले नेपाल सरकार, उर्जा मन्त्रालय सहित नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन्।
आफूले कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनको जिकिर छ।
सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ।