एसईई दिएर पौडी खेल्न गएका १६ वर्षीय युनिशको डुबेर मृत्यु-Sutra News

एसईई दिएर पौडी खेल्न गएका १६ वर्षीय युनिशको डुबेर मृत्यु

बिहिबार, १४ चैत्र २०८१

बिहिबार, १४ चैत्र २०८१

काठमाडौं : गोरखाको बुढीगण्डकी नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।



आरुघाट गाउँपालिका- १ का १६ वर्षीय युनिश गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार युनिश आरुघाट गाउँपालिका- ४ स्थित थुमीमा एसईई दिएर बुधबार अपराह्न बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए।

खोजीका क्रममा साँझ स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल उनलाई मृत फेला पारेको सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार