

काठमाडौं । वात्सल्य, निसन्तानपन समस्या भएका दम्पतिहरुको जीवनमा नयाँ आशा र खुशी ल्याउने नेपालकै अग्रणी आइभिएफ सेन्टर हो । वात्सल्यले आज सम्म हजारौ दम्पतिहरुलाई जीवनको नयाँ आशा र खुशी बाड्न सफल भैसकेको छ।
यसै आयामलाई अझै सहज र पहुँचयुक्त बनाउने हेतुले नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीहरूका लागि विशेष छुट योजना सुरू गरेको छ। यस नयाँ पहल अन्तर्गत, वात्सल्यले नेपाल बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, सानिमा बैंक, सिटिजन बैंक, र ग्लोबल आइएमई बैंक सँग साझेदारी गरेको छ। यस सहकार्य मार्फत सम्बन्धित बैंकका कर्मचारीहरू र ग्राहकहरूले विशेष छुट तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन्।
यस योजना अन्तर्गत आइभिएफ उपचारमा, प्याथोलोजी परीक्षणमा र औषधिहरुमा विशेष छुट प्राप्त गर्न सकिनेछ । बैंकहरूसँगको सहकार्यले आर्थिक रूपमा उपचारलाई सरल बनाउनुका साथै अभिभावक बन्ने चाहना भएका दम्पतीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
थप जानकारीका लागि ०१५९७०६११ मा सम्पर्क गरि या आफ्नो नजिकको वात्सल्य क्लिनिकमा गइ बुज्न सकिने जनाइएको छ । वात्सल्यको सेवा सुबिधा नेपालका बिभिन्न शहरहरु काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज, र विराटनगरमा अबस्थित वात्सल्य क्लिनिक मार्फत लिन सकिने छ ।